काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त खोज तथा उद्धार टोलीले सुरूङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरिएको हो ।
प्रारम्भिक जानकारीअनुसार उद्धार हुनेमा सञ्जय शाह र कविर महर्जन रहेका छन् । उद्धार गरिएका दुवै जनाको स्वास्थ्य उपचार भइरहेको सेनाले जनाएको छ । सुरूङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरूङ क्षेत्रमा फसेका व्यक्तिको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त टोली परिचालन गरिएको छ ।












प्रतिक्रिया