राजनीति-समाज

बाढीमा दिवंगत भएकाहरूको स्मृतिमा शान्ति पाठ र दीप प्रज्वलन

बाढीमा दिवंगत भएकाहरूको स्मृतिमा शान्ति पाठ र दीप प्रज्वलन


कोलोराडो, अमेरिका । मातृभूमि नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत आत्माको चिरशान्तिको कामना, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन तथा गुरूहरूद्वारा शान्ति पाठ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरको अगुवाइमा तथा कोलोराडोमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूको सहकार्य र सहभागितामा नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा र ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क डेनभरमा गुरूहरूद्वारा शान्ति पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरिएको हो ।

Advertisement

विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत हुनेहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरू गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरूडले कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए भने सबै संघसंस्थाका तर्फबाट आइएनएलएस कोलोराडो च्याप्टरका अध्यक्षले किरण अधिकारीले मातृभूमिमा भएको विनाशकारी क्षतिले सबैको आत्मामा गहिरो घाउ लागेको भन्दै यसको मलम पट्टीको लागि यथाशक्य सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

त्यस्तै ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क डेनभरमा आयोजित सामुदायिक दीप प्रज्वलनमा हिन्दु, किराँत र क्रिश्चियन धर्मका धर्मगुरूहरूद्वारा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न र ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको लागि शान्तिपाठ, प्रार्थना सभा कार्यक्रम गरिएको स्थानीय हेम गिरीले जानकारी दिए ।

मानवताको सेवामा समर्पित भन्ने नाराका साथ संस्थाले यस दुखद घडीमा ऐक्यबद्धता जनाउन यस कार्यक्रमको आयोजना गरिएको ग्लोबल भुटानिज कम्युनिटी जनाएको छ । कार्यक्रम सेक्टेम्बर १ तारिक मंगलबार साँझ ६ः०० बजेदेखि सुरू भई राति ८ः०० बजेसम्म सञ्चालन भएको थियो ।