नेपाल

भोटेकोशी बाढीमा बेपत्ता एक हजार २३७ को शव फेला, चार हजार २१६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा बेपत्ता एक हजार २३७ को शव फेला, चार हजार २१६ सम्पर्कविहीन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बेलुकी ७ः०० बजेसम्म १ हजार २३७ जनाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरीको अद्यावधिक विवरणअनुसार रसुवामा १२७, तनहुँमा ३८, नुवाकोटमा १७१, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखा ६७ र चितवनमा ३५५ शव फेला परेको छ ।

Advertisement

त्यस्तै, बाढीमा परी ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालय रसुवाका १४, अध्यागमन कार्यालय रसुवाका ३, रसुवाका ८६५ र नुवाकोटका करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जानकारी दिएको छ।

सम्पर्कविहीन रहेकामा विदेशी नागरिक ५८३, विदेशी पर्यटकसँगै गएका नेपाली १६४, जलविद्युत आयोजनाका ९ सय, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, क्वारेन्टाइन कार्यालयका ३, जनप्रतिनिधि ७, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२, निजी विद्यालयका शिक्षक १ जना रहेका छन् ।

प्राधिकरणले बाढीपहिरोमा परेका ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ । राहत तथा उद्धार कार्यमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना गरी कुल २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।