राजनीति-समाज

खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् : प्रधानमन्त्री

खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् : प्रधानमन्त्री


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । उनले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताए । उनले बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उनले जानकारी दिए । प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताए ।

उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उनको भनाइ छ । उनले बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि बताए । उनले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको बताए ।

उनले भने, ‘केहीबेर अघिसम्म ११ हजार ९९३ जनाको उद्धार गरिसकेका छौँ । ३ हजार ९१६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेहरूको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरू लागिरहनुभएको छ ।’

‘हामीले काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारको लागि खटाइरहेका छौँ । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ । साथै, प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामको लागि विभिन्न माध्यमबाट सूचना प्रवाहसमेत भइरहेको छ’, उनले संसद्मा भने ।