नेपाल

उद्धारदेखि पुनर्निर्माणमा सघाउने चिनियाँ राजदूतको प्रतिबद्धता

उद्धारदेखि पुनर्निर्माणमा सघाउने चिनियाँ राजदूतको प्रतिबद्धता


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ ।

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार दिउँसो भएको भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राजदूत माओमिङले दुःख व्यक्त गरेका थिए ।

Advertisement

राजदूत माओले बाढीपछिको खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका थिए । उनले विपद्को अवस्थामा नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको जानकारी गराएका थिए ।

बाढीपछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए। आवश्यकता रहेसम्म यस्तो सहयोग निरन्तर जारी रहने उनले बताएका थिए ।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्का बेला चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

लामिछानेले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक र प्राविधिक सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्यका लागि आग्रह गरेका थिए ।

भेटका क्रममा नेपालमा पछिल्लो समय देखिएको विपद्को अवस्था, खोज तथा उद्धारमा आवश्यक प्राविधिक सहयोग र विपद् व्यवस्थापनमा दुई देशबीचको सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले देशभित्र र बाहिरका अधिकारीहरूसँग संवाद गर्न नसकेको अवस्थामा रविले एकपछि अर्को सक्रियता बढाएका हुन् ।

स्थानीय सरकार र प्रदेश सरकारसँग संवाद गरेपछि उनले मंगलबार सर्वदलीय बैठक राखे। उक्त बैठकपछि चिनियाँ राजदूतसँग उनको संवाद भएको हो ।