नेपाल

भोटेकोशी बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ सम्पर्कविहीन

भोटेकोशी बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ सम्पर्कविहीन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म ९३९ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १५ सम्म ३९ सय २५ व्यक्ति सम्पर्कविहीन रहेका छन्।

Advertisement

सोमबार रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५ जनाको शव फेला परेको हो । गोरखामा ६५, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बेपत्तामा हुनेमा नुवाकोटमा १५ सय ५८ को विवरण प्राप्त भएको छ । हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी घाइते हुनेको संख्या २७९ रहेको छ ।