राजनीति-समाज

भोटेकोशी बाढीमा परी ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढीपहिरोपछि आफ्ना करिब ९० नागरिक अझै सम्पर्कविहीन रहेका जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हालसम्म कोही पनि अमेरिकी नागरिकको मृत्यु पुष्टि नभएको बताएका छन् । पाँच अमेरिकी नागरिकको सफल उद्धार भइसकेको उनले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

Advertisement

यसैबीच, काठमाडौँ र बेइजिङस्थित अमेरिकी दूतावासहरूले नेपाली तथा चिनियाँ सुरक्षा निकायसँग निरन्तर समन्वय गरी बेपत्ता नागरिकको खोजी कार्य जारी राखिएको जनाएका छन् ।

सञ्चार सम्पर्कविच्छेद भएका कारण फोन नलागेका पर्यटक पनि यो सूचीमा समावेश छन् । उनीहरूसँग सम्पर्क कायम भएपछि यो संख्या घट्ने अपेक्षा गरिएको छ ।