राजनीति-समाज

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजार दिने

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजार दिने


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी ज्यान गुमाएकाको अन्तिम संस्कारका लागि प्रतिव्यक्ति रु. २५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै विपद्को यस घडीमा पीडित पक्षलाई राहत, उद्धार गर्न र सडक, पुललगायतका भौतिक संरचना निर्माणलाई प्राथमिकता दिने बताए ।

Advertisement

उनले भदौ १० गतेदेखि १२ गतेसम्म तीन दिन मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकता राखेको जानकारी दिए ।

मुख्यमन्त्री थापामगरले भने, “भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रतिमृतक रु. २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यवस्था गरेको छ ।”

उद्धार र राहतलाई छिटो र प्रभावकारी बनाउन बाढीबाट सकुशल उद्धार गरिएका प्रभावित व्यक्ति तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्च पनि बागमती प्रदेश सरकारले व्यहोर्ने उनले बताए ।