राजनीति-समाज

भोटेकोशी बाढी : ३८९ जनाको शव फेला, ४६६ जना घाइतेको उद्धार

भोटेकोशी बाढी : ३८९ जनाको शव फेला, ४६६ जना घाइतेको उद्धार


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीले बिहीबार राति ९ः०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ ।

प्रहरीको तथ्याङ्कअनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएको छ ।

Advertisement

बाढीका कारण हालसम्म ४६६ जना घाइतेहरूको उद्धार गरिएको छ । उद्धार हुनेहरूमा रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन् ।

आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ८ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीका कारण १८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताहरूको खोजी कार्य जारी राखेको छ ।