राजनीति-समाज

बागमती प्रदेशमा कांग्रेसको ह्विप : विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन

बागमती प्रदेशमा कांग्रेसको ह्विप : विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लिन लागेका विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले आइतबार ह्विप जारी गर्दै दलका सबै प्रदेश सभा सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री किरण थापा मगरले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

Advertisement

प्रदेश सभा सचिवालयले भदौ ८ गते सोमबार दिउँसो १ः०ण् बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिसकेको छ। सोही बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री थापा एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठन गर्दै गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सात सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन् ।

सरकार गठनका क्रममा थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी गरेका थिए । १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन कम्तीमा ५३ सांसद्को समर्थन आवश्यक पर्छ ।