राजनीति-समाज

शान्ति, सद्भाव कायम राख्न मधेस सरकारको सातबुँदे निर्णय

शान्ति, सद्भाव कायम राख्न मधेस सरकारको सातबुँदे निर्णय


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

जनकपुरधाम । मधेस प्रदेश सरकारले शान्ति, सद्भाव कायम राख्न सातबुँदे निर्णय गरेको छ । शुक्रबार (साउन १५) प्रदेश सुरक्षा समन्वय समितिको बैठक बसेर सातबुँदे निर्णय गरेको हो ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले स्थानीय प्रशासनको सहयोगमा वडास्तरदेखि प्रदेशसम्मका राजनीतिक दलहरूलाई सक्रिय संवाद र परिचालन गर्नेसहित सातबुँदे निर्णय सार्वजनिक गरेको छ ।

Advertisement

विज्ञप्तिअनुसार स्थानीय अगुवाहरूमार्फत शान्तिको सन्देश प्रवाह गर्ने, सामाजिक सञ्जाल तथा सञ्चार संस्थामार्फत नियमित साकारात्मक सन्देश प्रवाह गर्ने, सामाजिक सञ्जालको गतिविधि सुक्षम ढंगले निगरानी गर्ने तथा यसमा संलग्नलाई शून्य सहनशिलताका साथ कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

यस्तै, वडास्तरदेखि सबै जिल्लामा सद्भाव र्‍याली निकाल्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने, तथ्यपरक समाचारमा जोड दिन र भ्रामक सूचनालाई निरुत्साहित गर्न पत्रकार महासंघसँग समन्वय गर्ने निर्णय गरेको छ ।