राजनीति-समाज

गोलबजार घटनाको छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन

गोलबजार घटनाको छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेश प्रहरीले सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो। 

Advertisement

उक्त घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालको कमान्डमा छानबिन समिति गठन गरेको हो । सो समितिमा इन्स्पेकटर यज्ञराज भट्ट र असइ गोविन्द झा समेत रहेको छ ।

समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।