मुख्य समाचार

अमेरिका निवासी पण्डितद्वारा बुवाको स्मृतिमा खानेपानी सेवा सञ्चालन

अमेरिका निवासी पण्डितद्वारा बुवाको स्मृतिमा खानेपानी सेवा सञ्चालन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

न्युयोर्क, अमेरिका । अमेरिका निवासी समाजसेवी बेगम पण्डितले आफना दिवंगत पिता शोभाखर पण्डितको स्मृतिमा सामुदायिक खानेपानी सेवा सञ्चालनमा ल्याएका छन् । यही साउन ७ गतेबाट प्युठान जिल्लाको पुण्यखोला प्रतीक्षालयमा निःशुल्क सामुदायिक खानेपानी सेवा सञ्चालनमा आएको हो ।

अमेरिकाको न्युयोर्क निवासी बेगम पण्डितले आफ्नै खर्चमा खानेपानी सेवा सञ्चालन गरेका हुन् । साउन ७ गते बिहीबार आयोजित एक कार्यक्रमबीच सो खानेपानी सेवाको औपचारिक उद्घाटन गरिएको हो । अधिकांश समय व्यस्त रहने सार्वजनिक स्थानमा स्थापना गरिएको खानपानी सेवाबाट पैदलयात्री, स्थानीय बासिन्दा, विद्यार्थीलगायत सयौँ सर्वसाधारण लाभान्वित हुने विश्वास गरिएको छ ।

Advertisement

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बेगम पण्डितले यो सेवा आफ्ना बुबाप्रति श्रद्धाञ्जलीस्वरूप खानेपानी सेवा सञ्चालन गरेको बताए । उनले स्वर्गीय शोभाखर पण्डितले जीवनभर मानवसेवा, परोपकार र सामाजिक कार्यमा उच्च महत्त्व दिएको स्मरण गर्दै उहाँकै प्रेरणाबाट यो कार्य गर्न पाएको जिकिर गरे ।

कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा तथा समुदायका सदस्यहरूले बाबुको स्मृतिमा छोराले गरेको कदमलाई मानवीय र अनुकरणीय भन्दै सामाजिक सेवामूलक अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे । पण्डित दुई दशकभन्दा बढी समयदेखि अमेरिकामा रहँदै आएका छन् ।