मुख्य समाचार

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

धनगढी । कञ्चनपुर, बगरफाँटामा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने ती महिलाहरु आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए । सम्पर्कविहीन भएका ती महिलाहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Advertisement