खेलकुद

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डविरुद्ध पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले १–१ गोल गरे।

Advertisement

खेलको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थोनी गोर्डनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, इङ्ग्ल्यान्डले अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिएको छ ।

खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले पहिलो गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाएका हुन् ।

आजको जितसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि अर्जेन्टिनाले अब स्पेनसँग खेल्नेछ। इङ्ग्ल्यान्डले भने तेस्रो पोजिसनको लागि अब फ्रान्ससँग खेल्ने छ ।