रौतहट । रौतहटको गरुडा नगरपालिका–९ का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । गरुडा नगरपालिका–९, गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले मध्यरातमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको उनका बुबा देवेन्द्र सहनीले जानकारी दिए ।
उनका अनुसार आगोले जलेपछि गौतमलाई तत्काल उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो । चिकित्सकले थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरेका छन् ।
प्रहरी चौकी बिर्ताका प्रहरी सहायक निरीक्षक मनोज दासका अनुसार प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले गौतमको घाँटीदेखि मुखसम्मको भागसहित करिब ३१ प्रतिशत शरीर जलेको र स्वास्थ्य अवस्था मध्यम रहेको जानकारी दिएका छन् ।
‘परिवारजनका अनुसार घाइते गौतमले नियमितरूपमा मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । घटनाको दिन उनले मादक पदार्थसमेत सेवन गरेको बताइएको छ’, प्रहरी सहायक निरीक्षक दासले भने । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया