मुख्य समाचार

उदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

उदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। रमजानको पवित्र अवसर पारेर साउदी सरकारले उनीहरूको बाँकी सजाय माफी दिएको हो ।

नेपालको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी अरेबियाको उक्त निर्णयको स्वागत गर्दै साउदी सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ।

Advertisement

मन्त्रालयका अनुसार आममाफी पाएका नेपाली नागरिकहरूको रिहाइ तथा स्वदेश फिर्तीसम्बन्धी आवश्यक प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी अघि बढाइनेछ।

परराष्ट्र मन्त्रालयले साउदी सरकारले मानवीय संवेदनालाई प्राथमिकता दिँदै नेपाली नागरिकलाई आममाफी दिएको उल्लेख गर्दै यस निर्णयले नेपाल–साउदी अरेबियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

साउदी अरेबियाले प्रत्येक वर्ष रमजान, ईद तथा अन्य विशेष अवसरमा विभिन्न मुलुकका कैदीलाई आममाफी दिने परम्परा अनुसार यस वर्ष पनि ३३ जना नेपाली कैदीलाई सजाय माफी दिएको हो।

नेपाल सरकारले साउदीस्थित नेपाली दूतावासमार्फत उनीहरूको आवश्यक कन्सुलर सहयोग तथा स्वदेश फर्कने प्रक्रिया सहज बनाउन आवश्यक पहल जारी राख्ने जनाएको छ।