खेलकुद

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

ह्युस्टन । फिफा विश्वकप प्रतियोगिताअन्तर्गतको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्‍यो ।

विश्वकप २०२६ को आज ह्युस्टन स्टेडियममा भएको समूह ‘के’ अन्तर्गतको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै आलोचकहरूलाई कडा जवाफ दिए ।

Advertisement

खेल सुरु भएको ६ मिनेटमै पहिलो गोल गरेका रोनाल्डो विश्वकप इतिहासमा उनी सहभागी छवटै विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमानसमेत बनाए । उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका रोनाल्डोले विश्वकपमा गोल संख्या १० पुर्‍याएका छन् ।

आज तेस्रो र निकै सुन्दर फ्रि–किक गोल गर्दै नुनो मेन्डेसले ह्युस्टन स्टेडियम खेल हेरिरहेका करिब ७० हजार दर्शकलाई फुटबलको मज्जा चखाएका थिए । उज्वेक गोल–किपरले गोल बचाउने प्रयास गर्दा भएको आत्मघाती गोलसँगै पोर्चुगलले ४ गोलको अग्रता कायम गर्न पुग्यो । खेलको अन्त्यतिर राफाएल लिआओले एक गोल थपेसँगै पोर्चुगलले ५–० गोलले खेल जित्दै दोस्रो चरणमा जाने बाटो खोलेको छ ।

जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ ।