मुख्य समाचार

एमाले उपाध्यक्ष पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । विशेष अदालतले सम्पति शुद्धीकरणको मुद्दामा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा सोमबार सुर्खेतबाट पक्राउ गरी मंगलबार बिहान काठमाडौँ ल्याइएका पौडेललाई विभागले विशेष अदालतमा पेश गरेकोमा अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Advertisement

विभागले पौडेलसँग प्रारम्भिक बयान लिएर उनलाई अदालतमा पेस गरेको थियो । विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

पौडेलको विचौलिया दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार देखिएको बुझिएको छ । भट्टको इन्फिनिटी होल्डिङ्ससँग जोडिएका कारोबारमा पनि पौडेल जोडिएको बताइएको छ ।