मुख्य समाचार

हास्यकलाकार खेम शर्मा ‘चतुरे’को निधन

हास्यकलाकार खेम शर्मा ‘चतुरे’को निधन


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font

काठमाडौँ । हास्यकलाकार खेम शर्माको निधन भएको छ । आज बिहान उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकामा बस्दै आएका थिए ।

चलचित्र विकास बोर्डले उनको निधनबारे जानकारी दिएको छ । उनलाई धेरै दर्शकले ‘चतुरे’ नामबाट चिन्दथे ।

Advertisement

“हास्यव्यंग्यमा ‘चतुरेको दाउपेच’बाट सर्वाधिक चर्चित हुँदै सयौँ टेलिफिल्म, चलचित्र र रंगमञ्चमा आफ्नो अभिनय क्षमताको छाप छोडेका वरिष्ठ कलाकार खेम शर्माको निधन भएको छ,” चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, “यो दुःखद समाचारले सबै चलचित्रकर्मीहरू मर्माहत भएका छौँ ।”

‘चतुरे’ क्यारेक्टरबाट लोकप्रिय भएपछि शर्माले दर्जनौँ टेलिचलचित्रसँगै चलचित्रमा काम गरेका थिए । पछिल्लो समय भने उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकाले दर्शकबाट टाढा थिए ।