मनोरञ्जन

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ प्रदान गर्न आयोजित समरोहमा अभिनेता श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा नगदराशि रु तीन लाख ७५ हजारसहित अभिनेता श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरे ।

Advertisement

साथै, उक्त पुरस्कार समारोहमा गत वर्ष विसं २०८२ मा प्रदर्शन भएर राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सहभागी भएका चलचित्रमध्येबाट निर्णायक समितिद्वारा छनोट भएका चलचित्र र कलाकर्मीलाई पुरस्कृत गरिएको छ ।

उक्त समारोहमा सर्वोत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता नीर शाह (परान), अभिनेत्री मिरुना मगर (ऊनको स्वीटर), लेखन दीपकप्रसाद आचार्य र यम थापा (परान), छायाङ्कन पदमबहादुर श्रेष्ठ (कोशेढुङ्गा), सम्पादन नकुल खड्का (कोशेढुङ्गा), आदिवासी जनजातितर्फको सर्वोत्कृष्ट चलचित्र ‘इन्दिरा धिमे मैचा’ विजेता घोषित भएका छन् । उनीहरूलाई नगदराशि रु २५ हजारसँगै प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, चलचित्र ‘नाकछोङ्ग’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको थियो । यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कारमार्फत अभिनेत्री आना शर्मा (रमिताको पिरती) र नवकलाकार विमोचन दवाडी (झरीपछिको इन्द्रेणी)लाई प्रदान गरिकेको थियो । विशेष चलचित्रलाई नगदराशि रु दुई लाख र प्रोत्साहन पुरस्कार प्राप्त गर्ने कलाकर्मीलाई जनही रु २५ हजार प्रदान गरिएको थियो ।

यस्तै, मरानोपरान्त चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालाई नगदराशि रु ५० हजारसहित ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो । स्वर्गीय सिटौलाको सम्मान उनका पिता गोकर्ण सिटौलाले ग्रहण गरेका थिए ।

निर्माता विष्णुगोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डाक्टरसिंह गुरुङ, चलचित्र पत्रकार प्रकाश सुवेदी, अभिनेता रोहित रुम्बा, कलाकार अञ्जिला तुम्बापो सुब्बा, कलाकार लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, निर्माण नियन्त्रक शङ्कर पाण्डेलाई समेत ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो ।

उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न बोर्डले बर्सेनि पुरस्कार प्रदान गर्ने गरेको बताए ।

उनले भने, “हामीले अहिले बक्स अफिसमार्फत चलचित्रको व्यापार सार्वजनिक गरिरहेका छौँ, मूल्याङ्कन गरिरहेका छौँ । पछिल्लो दुई वर्षमा एक अर्ब बढीको व्यापार नेपाली चलचित्रले गरेको छ । यसले अब संस्कृतिकसँगै देशलाई आर्थिक रूपमा पनि योगदान दिइरहेको प्रस्ट्याएको छ । हाम्रो चलचित्र ऐन छिटै आउँदैछ, आउँदा दिन नेपाली चलचित्रका लागि राम्रो हुनेमा विश्वस्त छौँ ।”