बिजनेस/ इकोनोमी

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

Advertisement

सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् रु नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् रु ९९ अर्ब ९४ करोड ६९ लाख राजस्व सङ्कलन गरेको छ ।

यस्तै गरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा भने लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै सङ्कलन भएको छ ।