मुख्य समाचार

कोहलपुरका विद्यालय तीन दिन बन्द

कोहलपुरका विद्यालय तीन दिन बन्द


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको कोहलपुर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा तापक्रम निरन्तर बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सोमबारदेखि लागू हुने गरी तीन दिन बिदा दिने निर्णय गरेको हो।

Advertisement

कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रविलाल मिजारका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले जेठ २५ देखि २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

नगरपालिकाले विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकलाई विद्यार्थीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। गर्मीको प्रभाव कम भएपछि विद्यालयको नियमित पठनपाठन पुनः सञ्चालन गरिने जनाइएको छ।

यसैबीच, मौसमविद्हरूले तराईका अधिकांश जिल्लामा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना रहेको बताएका छन्। स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका बेला प्रशस्त पानी पिउन, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न सुझाव दिएका छन्।