श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्सस तथा ब्लड डोनर्स अमेरिकाको संयुक्त सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्टर ब्लड सेन्टरले प्राविधिक सहयोग प्रदान गरेको रक्तदनमा ३५ जनाले रक्तदान गरेका थिए । समाजका सामाजिक उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज अधिकारीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमलाई समाजका अध्यक्ष दीपक ढकाल, बोर्ड अफ ट्रष्टी का अध्यक्ष राजु हुमागाईं, बाईजिराज समितिकी अध्यक्ष लक्ष्मी पौडेल, मन्दिरका पदाधिकारी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको सक्रिय सहभागिता रहको थियो ।
कार्यक्रमका संयोजक तथा श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्ससका सामाजिक उपाध्यक्ष अधिकारीले रक्तदानलाई मानवताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्दै सेवा, प्रेम र मानवताको मार्गमा अघि बढ्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । त्यस्तै बोर्ड अफ ट्रष्टीका अध्यक्ष हुमागाईंले यस्ता कार्यक्रमले समुदायमा सामाजिक एकता, सहयोग र सेवाभावलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
बाईजिराज समितिकी अध्यक्ष लक्ष्मी पौडेलले सामाजिक सेवाका कार्यमा महिला सहभागिता र सामूहिक सहकार्यको महत्त्वलाई जोड दिइन् । समाजका अध्यक्ष दीपक ढकालले प्रणामी परम्पराको मूल उद्देश्य मानव सेवा एवं परोपकार रहेको र रक्तदान जीवनदानको सन्देश बोकेको यो कार्यक्रमले समुदायको सेवाभाव, एकता र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त रूपमा उजागर गरेको उल्लेख गरे ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, स्वयंसेवक तथा रक्तदाताप्रति संस्थाले आभार व्यक्त गरेको छ ।












प्रतिक्रिया