मुख्य समाचार

निर्वाचनसम्बन्धी दुई विधेयक पारित

निर्वाचनसम्बन्धी दुई विधेयक पारित


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ।

बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

Advertisement

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन्।

पारित विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’  छन्।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफलमा सांसद प्रेमबहादुर बयकले भाग लिँदै निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितालाई थप सुनिश्चित गर्न आग्रह गरे।

जवाफमा मन्त्री गौतमले कानुनमा जनसङ्ख्याको प्रतिशतका आधारमा जातीय समावेशिता कायम हुने भएको सम्पन्न भइसकेको निर्वाचनका सन्दर्भमा उक्त कानुन ल्याएकाले आगामी निर्वाचनका सन्दर्भमा विचार गरिने विश्वास दिलाए।

‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि भने कुनै पनि सदस्यले नाम दिएका थिएनन्।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १३ गते बुधबार बिहान ११ः०० बजे बस्नेछ।