मुख्य समाचार

नेपाली समाज टेक्सस र फोर्टवर्थ सिटीबीच सहकार्य सम्झौता

नेपाली समाज टेक्सस र फोर्टवर्थ सिटीबीच सहकार्य सम्झौता


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

टेक्सस, अमेरिका । नेपाली समाज टेक्सस (एनएसटी) र सिटी अफ फोर्टवर्थ बीच सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा सहकार्य गर्ने औपचारिक सहमति भएको छ ।

फोर्टवर्थकी मेयर म्याटी पार्कर र नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यले फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सांस्कृतिक पहिचान, एकता र सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Advertisement

सम्झौताअनुसार अबदेखि वार्षिक होली महोत्सव, सामुदायिक परेड लगायतका प्रमुख सांस्कृतिक कार्यक्रमहरू एनएसटी र सिटी अफ फोर्टवर्थले संयुक्त रूपमा आयोजना गर्नेछन्। सिटी अफ फोर्टवर्थले कार्यक्रम स्थल, पार्क तथा आवश्यक अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

फोर्टवर्थ जनसंख्याका अधारमा अमेरिकाको ठूला शहरहरू मध्यमा १० नम्बरमा पर्छ । नेपाली समुदायको तीव्र गतिमा जनसंख्या वृध्दि भएका शहरहरूमा यो सिटी अग्रपङ्क्तिमा रहेको छ ।

नेपाली समाज टेक्ससले ऐतिहासिक सहकार्य सुरू भएको जनाएको छ । सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने फोर्टवर्थ सिटी मेयर म्याटी पार्कर, काउन्सिल सदस्य डेब्रा पिपल्स तथा सिटी ह्युमन रिलेसन्स कमिश्नर ओजेश उप्रेती प्रति नेपाली समाज टेक्ससले विशेष आभार व्यक्त गरेको छ।

अध्यक्ष भुसालका अनुसार “यो उपलब्धि केवल संस्थाको मात्र होइन, सम्पूर्ण नेपाली समुदायको गौरवको विषय हो। यसले प्रवासी नेपालीहरूको सांस्कृतिक पहिचानलाई अझ दृढ बनाउनेछ।”

यो सहमतिले समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी सहकार्य र एकता विस्तार गर्दै सिटी अफ फोर्टवर्थसँग दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने लक्ष्य राखिएको छ। आगामी दिनहरूमा संयुक्त रूपमा थप कार्यक्रम र सामुदायिक परियोजनाहरू अघि बढाइने अपेक्षा गरिएको छ।