मुख्य समाचार

नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह

नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । स्वतन्त्र सांसद् डा. महावीर पुनले नप्रवर्तन र विज्ञान अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष बैठकमा बोल्दै उनले यसअघि आफू सरकारमा हुँदा नवप्रवर्तन र विकास अनुसन्धानका लागि अध्यादेश ल्याउन प्रयास गरेको अवगत गराए । यो आफ्नो माग भएको र यसमा काम गर्न सरकारसँग उनले आग्रह गरे ।

Advertisement

साथै उनले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गरे । उनले आफू विसं २०८२ फागुन २१ गतेको निर्वाचन गराउने सरकारको मन्त्री रहेको बताउँदै त्यही सरकारले गरेको निर्वाचनबाट नै वर्तमान संसद् र सरकार बनेको उल्लेख गरे ।

तत्कालीन अवस्थामा आफूले ल्याउन खोजेका तीन वटा अध्यादेशमध्ये शिक्षालाई राजनीतिबाट मुक्त गर्नका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश वर्तमान सरकारले उक्त अध्यादेश ल्याएको बताउँदै तर कुलपति भने प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने माग गरे ।