मुख्य समाचार

सुशासनको पक्षमा सहयोग गर्न तत्पर छु : मुख्यमन्त्री बानियाँ

सुशासनको पक्षमा सहयोग गर्न तत्पर छु : मुख्यमन्त्री बानियाँ


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई सकारात्मक रुपमा लिएको र राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताएका हुन् ।

Advertisement

सम्पति शुद्धीकरण अनुसन्धान विभागका नाममा आफ्नो घरमा गरेको छापामारीले व्यक्तिगत र सामाजिक चरित्रमाथि आघात पुगेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रुपमै उपस्थित हुने अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति दुःख व्यक्त गरेका छन् ।

राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रुपमा सधैँ साथ रहने उल्लेख गरे ।

मुख्यमन्त्री भएपछि आफूले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई मुख्य प्राथमिकतामा राखेर जनाउँदै मुख्यमन्त्री बानियाँले सोही अनुरुप प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययिताका लागि निरन्तर काम गरिरहेको उल्लेख गरेका छन् ।

यसअघि आजै सम्पति शुद्धीकरण अनुसन्धान विभागको टोलीले मुख्यमन्त्री बानियाँको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित घरमा छापा मारेको थियो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँको बानियाँ निर्माण सेवा कम्पनी रहेको छ ।