मुख्य समाचार

व्यवसायी गोल्छालाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँलाई सो आदेश गरेको हो ।

Advertisement

व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो ।

आदेशमा रिट निवेदनको एक–एकप्रति नक्कलसमेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ ।