राजनीति-समाज

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरूङले पदबाट राजीनामा दिएका छन् । बुधबार गृहमन्त्री पदबाट राजीनामा दिँदै उनले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता भएको स्मरण गरे ।

घमेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन’, उनले भनेका छन् । उनले देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै उठिरहेको युवा पुस्ताको आवाजलाई पनि सम्मान गरेको उल्लेख गरेका छन्।

Advertisement

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व (कन्फ्ल्टि अफ इन्ट्रेस) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको गुरूङले स्पष्ट पारेका छन् ।

उनले आफ्नो निर्णयलाई ‘नैतिक जिम्मेवारीको निर्वाह’ का रूपमा व्याख्या गर्दै सञ्चारकर्मी, आमनागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धीको मार्गमा उभिन आह्वानसमेत गरेका छन् ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका थिए ।