बिश्व घटना

मध्यपूर्व युद्धविरामको बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण

मध्यपूर्व युद्धविरामको बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font

लेवनान । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन् । इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ ।

इरान समर्थित सशस्त्र समूह हेजबुल्लाह विरुद्धकोे कार्वाहिको निरन्तरताको लागि आक्रमण जारी राखिएको जनाइएको छ ।

Advertisement

इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटर भन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्ने चेतावनी जारी गरे पछि इजरायलले आक्रमण गरेको जनाइएको छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युद्धविरामको स्वागत गर्दै युद्धविरामले लेबनानलाई पूर्ण रूपमा समावेश गरेको सुनिश्चित गर्नुपर्ने इच्छा व्यक्त गरेका छन् ।

पछिलो समयमा इजरायली आक्रमणले एक हजार ५०० भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने दश लाख भन्दा बढी विस्थापित भएका छन् । लेबनानी अधिकारीहरूका अनुसार, विशेष गरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरहरूमा हेजबुल्लाहको प्रभुत्व रहेको छ ।

निकासी आदेश जारी गर्दै लेबनानी सेनाले विस्थापित मानिसहरूलाई दक्षिणमा नफर्कन चेतावनी दिएको छ । युद्धविरामको घोषणा हुनुभन्दा केही समयअघि दक्षिणी सहर सिडोनमा भएको इजरायली आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो । एएफपी