अमेरिका समाचार

हिमालयन सिद्ध महायोगको शिविर टेक्ससमा हुँदै

हिमालयन सिद्ध महायोगको शिविर टेक्ससमा हुँदै


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font

ड्यालस (अमेरिका) । हिमालयन सिद्ध महायोग अमेरिकाको आयोजनामा यही अप्रिलको पहिलो हप्ता टेक्ससमा तीनदिने योग तथा मेडिटेसन क्याम्प हुने भएको छ ।

आउँदो अप्रिल ३ तारिकदेखि ५ तारिकसम्म हिमालयन सिद्ध महायोग मेडिटेसन केन्द्र फोर्टवर्थमा तीनदिने विशेष क्याम्प हुन लागेको संस्थाले जनाएको छ । बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म शिविर हुने भएकोले सहभागीहरु आफ्नो घरबाटै आउन जान सक्नेछन् ।

Advertisement

केन्द्रले हालैमात्र फोर्टवर्थमा भवन खरिद गरेर ध्यान तथा योग केन्द्रको रुपमा त्यसलाई विकास गरिरहेको छ । शिविरमा सहभागी हुन चाहनेले कपिल अधिकारी, बासु भण्डारी, मेघनाथ पराजुली, विष्णु सुवेदी, सुरेन्द्र गौतम वा धर्मराज घिमिरेसँग सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।

पछिल्लो समयमा ध्यान, योगतर्फ नेपाली समुदायकेन्द्रित भएका छन् । दुई महिनाअघिमात्र जीवन विज्ञान अमेरिकाले युलेसमा सातदिने कार्यक्रम सम्पन्न गरेको थियो ।