मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रातभरिमा सहमतिको विन्दुमा पुग्छौँ : कांग्रेस नेता घिमिरे

रातभरिमा सहमतिको विन्दुमा पुग्छौँ : कांग्रेस नेता घिमिरे


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीका नेताबीच विवाद समाधानका लागि छलफल जारी रहेको जानकारी दिए।

Advertisement

घिमिरेले भने, ‘वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौँ। आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौँ, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौँ।’

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र जारी छ।

शेयर गर्नुहोस:

81
Shares