मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

‘अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति बन्नुपर्छ’

‘अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति बन्नुपर्छ’


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा रत्ननगर महोत्सवको १३औँ संस्करण सुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ’, उनले भने, ‘यो अवस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको वातावरण तयार गर्नुपर्छ ।’

Advertisement

मुलुकको अर्थतन्त्रको मह¤वपूर्ण अङ्गको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरूरी रहेको उनले बताए । नेपालको निजी क्षेत्र र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयलाई मनन् गरी अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले लगानी सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग मागसमेत गरेका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको यसपटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भव्य गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, बेरोजगारी समस्या निराकरण गर्न रोजगार मेलालगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्ने गरी स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ध्यान दिन आग्रह गरे । महोत्सव रमाइलोमा मात्र सीमित हुन नहुने भन्दै उद्देश्य प्राप्तिमा गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रदेश सभा सांसद् जेएन थपलिया, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिस्ट पार्टीकी जिल्ला सहइन्चार्ज कञ्चन खनाल, रास्वपाकी जिल्ला उपसभापति प्रभा ढकाल, राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष कृष्ण शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवको विगत, यसले अर्थतन्त्र र कृषि प्रवर्द्धनमा खेल्दै आएको भूमिकाको विषयमा मन्तव्य राखेका थिए । महोत्सव उद्घाटनअघि बिहान रत्ननगरमा भव्य शोभायात्रा निकालिएको थियो । नेपाल माविको खेलमैदानबाट सुरू भएको शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी भएको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ कर्माचार्यले जानकारी दिइन् ।

पौष ६ गतेसम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । उक्त महोत्सवमा महको उत्पादन र प्रवर्द्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको मह¤व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको कृषि प्रवर्द्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका उपाध्यक्ष रामशरण नेपालले बताए । यसपटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।

महोत्सवमा रामजानकी मन्दिर आकृतिको गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, रोजगार मेला आकर्षक हुने महोत्सव मूल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष शंकर गिरीले बताए । महोत्सवले समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

महोत्सवअन्तर्गत भजन, शङ्खध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने छ । बाल उद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी काश्मीर भ्याली निर्माण गरिँदै छ । पर्यटन प्रवर्द्धनतर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जिप सफारी सञ्चालन गरिने छ । करिब ५०० स्टल रहने यस महोत्सवमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

महोत्सवअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ गरिने संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

शेयर गर्नुहोस:

135
Shares