मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

‘विदेशमा बस्ने नेपालीलाई मतदानबाट वञ्चित गराउँदा चुनाव पूर्ण हुँदैन’

‘विदेशमा बस्ने नेपालीलाई मतदानबाट वञ्चित गराउँदा चुनाव पूर्ण हुँदैन’


शेयर गर्नुहोस:

810
Shares

  • change font
  • change font
  • change font

–हिमालयखबर संवाददाता

अमेरिका । नागरिकता खोई अभियानले विदेशमा बस्ने नेपालीलाई आउने चुनावमा मतदान गर्नवाट वञ्चित गराउन खोज्नु दुर्भाग्यपुर्ण रहेको बताएको छ ।

Advertisement

फागुन २१ मा हुने चुनाव देश विकासका लागि महत्त्वपूर्ण मोड हुने भए पनि यसमा विदेशमा बस्ने नेपालीलाई मतदान प्रक्रियामा सहभागी नगराइनु आपत्तिजनक भएको नागरिकता खोई अभियानको ठहर छ । विदेशमा बस्ने नेपाीलाई मतदानबाट वञ्चित गराउँदा त्यो पूर्ण चुनाव हुन नसक्ने अभियानले जनाएको छ ।

अभियानका संयोजक वासुदेव घिमिरेले युवा जसको अधिकांश हिस्सा विदेशमा पनि छन् उनीहरुको बलमा आएको परिवर्तनले वनाएको वर्तमान नागरिकको सरकार यसमा संवेदनशील नहुनुअझ दुर्भाग्यपुर्ण भएको घिमिरे दाबी गरे ।

विदेशमा बस्ने नेपालीले अहिले नेपालका त्रुटिपुर्ण कानुनी प्रावधानका कारण विभिन्न प्रकारका दुख्ख भोग्दै आएका छन् । नागरिकता खोई अभियानले विदेशमा वाध्यतावश नागरिकता लिएका नेपालीको नागरिकता निरन्तरताका लागि अभियान सञ्चालन गर्दै आएको छ ।

नागरिकताको निरन्तरता नगर्ने हो भने यसले नेपालमा एउटा भ्याकुम सृजना गर्ने, देशले चाहेजस्तो आर्थिक विकास नहुनेलगायत समाजिक आर्थिकक्षेत्रमा समेत नकारात्मक प्रभाव पर्ने ठहर नागरिकता खोई अभियानको छ ।

नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको आवश्यकताभन्दा पनि बढी नेपालको आवश्यकता भएको दाबी घिमिरेले गर्दै आएका छन् । यस्तो महत्वपुर्ण पक्षलाईभुलेर अहिले विदेशमा बस्ने नेपालीलाई मतअधिकारबाट पनि वञ्चित गराउन खोज्नु अर्को विद्रोहको आह्वान् भएको घिमिरे बताए ।

तपाईं विदेशमा बस्ने नेपालीहरु जहाँ हुनुहुन्छ त्यहाँबाट भोट हाल्न पाउनुपर्छ भनेर दबाब सृजना गर्नुहोस् घिमिरे भन्छन् हामी पनि यसमा सक्रिय दबाब दिइरहने छौँ । मत दिन योग्य विदेशमा बस्ने नेपालीलाई वञ्चित गरेर गराइने चुनाव पूर्ण हुन नसक्ने उनले बताए । ‘यसमा हाम्रो समर्थन हुने छैन’, उनले भने । विगतका केही चुनावमा विदेशमा बस्ने नेपालीलाई पनि चुनावमा सहभागी गराइएको थियो ।

कूटनीतिक नियोगहरुलाई परिचालन गरेर इच्छुकयोग्य विदेशमा बस्ने नेपालीलाई चुनावमा सहभागी गराउन सकिने विदेशमा बस्ने नेपालीहरुले बताउँदै आएका छन् ।

शेयर गर्नुहोस:

810
Shares