भुपेन्द्र लामिछाने, (एडमण्टन क्यानाडा) – क्यानाडाको एडमण्टनमा प्रथम एनएचएस जुनियर डान्सिङ स्टार २०२५ सम्पन्न भएको छ । नेपाल हेरिटेजज सोसाइटी अफ एडमण्टनले आयोजना गरेको प्रतियोगितामा विद्या खरेलले प्रथम स्थान हात पारेकी छन । एडमण्टनकोे क्विन एलेक्जेन्ड्रा कम्युनिटी लिगको सभाहलमा सम्पन्न भएको सो प्रतियोगितामा १८ प्रतिष्पर्धीहरुलाई पछि पार्दै खरेल प्रथम भएकी हुन ।
त्यस्तैै आर्या रावल र सुरभी खत्री दोस्रो तथा अदिति पोखरेलले तेस्रो स्थान हात पार्न सफल भएका छन । उदियमान कलाकारको रुपमा नियाँ डल्लाकोटी र प्रिशा मैनालीलाई सम्ममानपनि गरिएको छ । प्रतियोगिगतामा सहभागी सबैलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र, उपहार तथा ट्रफी प्रदान गरिएको छ । उत्कृष्ट नृत्य प्रस्तुतगरी प्रथम द्वितीय र तृतीय हुनेहरूलाई नगद पुरस्कार प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष र निर्णायक मण्डलका सदस्यहरूले सामुहिक रुपमा विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट भएकी विद्या खरेलले यस प्रतियोगिताले निकै उत्साहित र खुसी बनाएको बताइन । उनले आयोकलाई धन्यावाद दिंदै यस्ता कार्यक्रम तथा पतियोगिताहरु निरन्तर भइरहनुपर्नेमा जोड दिइन । प्रतियोगिता लाई निष्पक्ष रूपमा मूल्याङ्कन गरिएको र आयोजक संस्थाको तर्फबाट निर्णय प्रक्रियामा कुनै पनि संलग्नता नरहेकोले कार्यक्रमको निष्पक्षताको बारेमा स्पष्ट रहन सबैलाई निर्णायक मण्डलका सदस्य डा. सुवाश गिरीले आग्रह गरेका थिए । निर्णायक मण्डलका सदस्यहरू नेहा भारती र राजन गिरीले स साना भाइबहिनीहरूको नृत्यले आफूहरू निकै नै प्रभावित बनेको र प्रतियोगितामा निर्णायकको जिम्मा बहन गर्नेअवसर प्राप्त गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।
प्रतियोगिताममा एडमन्टन निवासी नेपाली समुदायको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम सफल पार्न एडमण्टन अवस्थित संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका थिए । ६ देखि १५ वर्ष उमेरसम्मका बालबालिकाहरूले सहभागी हुन पाउने सो कार्यक्रममा १९ जना प्रतिस्पर्धीहरूले भाग लिएका थिए । प्रतियोगितामा निर्णायकको भूमिकामा डा. सुवाश गिरी, नेहा भारती र राजन गिरी रहेका थिए । प्रतियोगिताको सञ्चालन नेपाल हेरिटेज सोसाइटीका पूर्व अध्यक्ष मधुसुदन पाण्डेले गरेका थिए । एडमन्टनस्थित बुबाआमाहरूको सामूहिक रूपमा दीप प्रज्वलन रसंस्थाका अध्यक्ष देवेन्द्र कार्कीले स्वागत मन्तव्य दिएर कार्यक्रमलाई औपचारिकता दिइएको थियो ।
माइनस ३० डिग्री को जाडोमापनि नेपालीहरु उल्ल्लेख्य उपस्थित बने । कार्यक्रम स्थल बाहिरको तापक्रम माइनस ३० डिग्री भएपनि डान्सिङ स्टार प्रतियोगितामा नेपाली समुदायको उपस्थिती उल्लेख्य थियो । आफ्नो भाषा र संसकृतिको रक्षार्र्थ जुटेका नेपालीहरुलाई अतिथि कलाकार कृतिका रामले मनमोहक नृत्यले मनोरञ्जन प्रदान गरेकी थिइन । त्यस्तै आज्ञा लम्सालको एकल उत्कृष्ट नृत्य र एडमन्टनका बुबाआमाहरूको सामूहिक नृत्यलेपनि प्रतियोगिताको माहौललाई रौनक दिएको थियो । नेपाली स्वादको चिया, समोसासंगै नेपाली गीतसंगीतमा सहभागीहरु रमाएका थिए ।
कार्यक्रमका अतिथि वी एन्ड द वल्र्ड का संस्थापक अध्यक्ष मोदनाथ खनालले शुभकामना दिंदै प्रतियोगिताको निरन्तरताको कामना गरेका थिए ।











प्रतिक्रिया