मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

एमसिए–नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

एमसिए–नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ ।

एमसिए–नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

Advertisement

यसैगरी एमसिए–नेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिन सडकखण्डको आवधिक मर्मतको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्यबराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिने छ भने नारायणघाट–मुग्लिन सडकखण्डको आवधिक मर्मत गरिने छ ।

आज एक कार्यक्रमबीच एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

शेयर गर्नुहोस:

432
Shares