मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा

सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा


शेयर गर्नुहोस:

459
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने बताए । उनले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेखसमेत गरेका छन् ।

Advertisement

“उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ”, विज्ञप्तिमा कार्यवाहक सभापति अर्यालले भनेका छन्, “कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनुहुनेछ ।”

शेयर गर्नुहोस:

459
Shares