मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनपिएलमा उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार र मोटरसाइकल

एनपिएलमा उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार र मोटरसाइकल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संरकणको च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित कार पुरस्कार प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेसँगै रोहित सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका हुन् ।

Advertisement

फाइनल खेलमा पौडेलले ह्याट्रिकसहित तीन विकेट लिँदै निर्णायक भूमिका खेलेका थिए । यो सिजन रोहितले १० खेलमा २७६ रन बनाउनुका साथै ९ विकेट लिएका छन् । फाइनल खेलमा १६ रन जोड्दै उनले एनपिएलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको उपाधि पनि हात पारेका छन् । दोस्रो स्थानमा रहेका विनोद भण्डारीको १६४ रन रह्यो ।

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडी भने पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङ्टन रहेका छन् । उनले ३२३ रन बनाए ।

एनपिएलको पहिलो सिजनमा पनि रोहित सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका थिए । गत सिजनमा उनी सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा रहँदा पहिलो र दोस्रो स्थानमा विदेशी खेलाडी थिए ।

च्याम्पियन कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडीको कार पुरस्कारसँगै सर्वाधिक रन बनाउने नेपाली ब्याटरको पुरस्कारस्वरूप मोटरसाइकल पनि प्राप्त गरेका छन् । रोहितले ओमोडा–जाइको जे–५ कार पाएका हुन् ।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानले पनि एक थन पल्सर मोटरसाइकल प्राप्त गरे । रेडबुलले प्रदान गरेको ‘इनरजेटिक प्लेयर अफ द टुर्नामेन्ट’ भने सुदूरपश्चिमका बलर अभिनाश बोहरा चुनिए । उनले दुई लाख रुपैयाँ प्राप्त गरे ।

शेयर गर्नुहोस:

54
Shares