मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   
नेपाल   

लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपिएलको उपाधि

लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपिएलको उपाधि


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६, डिआर्ची सर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए ।

Advertisement

त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०–१० रन बनाएका थिए ।

त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३–३ विकेट लिएका थिए भने तिलक भण्डारीले विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थए ।

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले एनपीएलको पहिलो उपाधि जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पाएको छ । त्यसैगरी तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थान हासिल गरेको काठमाडौँ गोर्खाजले १५ लाख नगद प्राप्त गरेको छ ।

शेयर गर्नुहोस:

189
Shares