खेलकुद

काठमाडौँ गोर्खाजको दोस्रो जीत, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमाडौँ गोर्खाजको दोस्रो जीत, लुम्बिनी लायन्स २२ रनले पराजित


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमाडौँले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

चार खेल खेलिसकेको काठमाडौँले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाडौँ सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।

Advertisement

लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

काठमाडौँले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।

बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुईरदुई तथा कप्तान करण केसी, शाहव आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।