मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले गरे संसद् विघटन

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले गरे संसद् विघटन


शेयर गर्नुहोस:

4k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्। राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति संसद भंग गरेका हुन्।

शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित सबै पक्षबीच जुटेको थियो।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।

उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आगामी फागुनभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ।

शेयर गर्नुहोस:

4k
Shares