मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

शीतलनिवासमा तयारी तीव्र: सुशीला कार्की आजै सरकार प्रमुख बन्ने

शीतलनिवासमा तयारी तीव्र: सुशीला कार्की आजै सरकार प्रमुख बन्ने


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ सरकार गठनको सहमति जुटेसँगै शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी तीव्र भएको छ।

हाल शपथ ग्रहण, नियुक्तिपत्र हस्तान्तरण र पहिलो मन्त्रिपरिषद् बैठकका एजेन्डा तय गर्ने गृहकार्य भइरहेको छ। सरकार गठन तथा मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन्।

स्रोतका अनुसार सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भए पनि सदस्यहरूको नाम भने अझै गोप्य राखिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि शीतलनिवास पुगेका छन्।

प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी समूह, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल तथा उनका प्रतिनिधिबीचको छलफल केहीबेरअघि टुंगिएको छ। यसबीच राष्ट्रपति कार्यालय बाहिर सूचनाकर्मीहरूको बाक्लो भीड देखिएको छ।

शेयर गर्नुहोस:

270
Shares