मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

सेप्टेम्बर-११ आक्रमणको २४ औँ वर्षको संस्मरण कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी हुने

सेप्टेम्बर-११ आक्रमणको २४ औँ वर्षको संस्मरण कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी हुने


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाको २४ औँ वर्षको संस्मरणमा पेन्टागनमा आयोजित एक समारोहमा सहभागी हुनेभएका छन् ।

न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियाको स्यांक्सभिलस्थित एक क्षेत्रमा अपहरण गरिएका विमानहरूको प्रयोग गरी गरिएको आक्रमणमा परी दुई हजार ९७७ जनाको ज्यान गएको थियो।

न्यूयोर्कको ग्राउन्ड जिरोमा ट्विन टावर ध्वस्त हुँदा मृत्यु भएका दुई हजार ७०० भन्दा बढी पीडितहरूलाई सम्मान गर्दै मृतकहरूको नाम ठूलो स्वरमा उच्चारण गर्ने वार्षिक परम्परा जारी छ। सन् २००१ मा सेप्टेम्बर ११ को बिहान न्यूयोर्क शहरमा कुनै अन्य बिहानजस्तै सुरु भएको थियो ।

अफिसका कर्मचारीहरू भीडभाड भएका सडकहरूमा हतार–हतार दौडिरहेका थिए। कतिपय पर्यटकहरू क्षितिजको प्रशंसा गर्दै अघि बढिरहेका थिए । विक्रेताहरूले आफ्ना पसलहरू सधैँ झैँ खोलेका थिए ।

न्यूयोर्कस्थित सिसाको टावरबाट सूर्यको प्रकाश चम्किरहेको थियो। दैनिक जीवनको लय अविचलित देखिन्थ्यो । अकस्मात्, जेट इन्जिनको चर्को गर्जनले शान्ति तोड्यो, र एक विमान वल्र्ड ट्रेड सेन्टरको उत्तरी टावरमा दुर्घटनाग्रस्त भयो । एक साधारण दिनलाई अमेरिकी भूमिमा सबैभन्दा घातक आतङ्कवादी आक्रमणको उद्घाटन अध्यायमा परिणत गर्यो। प्रारम्भिक दुर्घटनाको केही क्षणपछि, अर्को विमानले दक्षिण टावरमा आक्रमण गर्यो ।

न्यूयोर्कमा शान्त घुमिरहेका दर्शकहरूले केही क्षणमा दुई टावरहरू भग्नावशेषमा परिणत भएको विनाशकारी दृश्यपछि भारी मनसहित आतङ्कित मनहरू लिएर वासस्थानमा फर्किएका थिए । अर्को विमान अमेरिकी रक्षा विभाग, पेन्टागनको मुख्यालयमा ठोक्किएको थियो र चौथो पेन्सिलभेनियाको खेतमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त दिन अमेरिकी इतिहासको मुटुमा गहिरो दाग राख्ने आत्मघाती अभियानमा रहेका १९ जनाले कुल चार विमान अपहरण गरी आक्रमणमा प्रयोग गरेका थिए। मानव जातिको इतिहासकै सबैभन्दा ठूलो आतङ्कवादी आक्रमण भनिएको यो आक्रमणले यो देखेका अमेरिकीहरूको आत्मा र यस त्रासदीमा आफ्ना प्रियजनहरू गुमाएकाहरूको आत्मा र सम्पूर्ण विश्वलाई त्रसित तुल्यायो ।

न्यूयोर्कको ट्विन टावरहरू भग्नावशेषमा परिणत भए । आक्रमणसँगै लगभग तीन हजार मानिसहरू मारिए, हजारौं घाइते भए, र संयुक्त राज्य अमेरिका युद्ध र सुरक्षाको नयाँ युगमा धकेलियो।

आक्रमण भएको दिन ९-११ विस्फोट १९ जना अपहरणकारीलाई तालिम दिने आतङ्कवादी सङ्गठन अलकायदाका नेता ओसामा बिन लादेन र संयुक्त राज्य अमेरिकाबीच एक दशक लामो भिडन्तको यो परिणति थियो।

यो लडाई अमेरिकाको तटबाट धेरै टाढा सुरु भएको थियो तर सङ्गठनले यसलाई अमेरिकाको केन्द्र (मुटु) मा पुर्याएको थियो । एएनआई

शेयर गर्नुहोस:

162
Shares