काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा लगातार ढुंगामुढा भइरहेको छ ।
प्रदर्शनकारी बिहानै उनको निवासमा पुगेका थिए । केहीबेर अघिदेखि उनको निवासमा लगातार ढुंगा प्रहार भइरहेको छ । प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।
घरका सबै सिसा फुटेका छन् । प्रचण्ड भने बिहानै घरबाट विपक्षी दलको बैठकमा सहभागी हुनका लागि बाहिरिएका थिए ।












प्रतिक्रिया