मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
बोस्टन   
मुख्य समाचार   

बोस्टनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन १०८ जनाले सेवा लिए

बोस्टनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन १०८ जनाले सेवा लिए


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font
  • change font


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टनमा नेपाली महावाणिज्यदूतावासको कार्यालय, न्यू योर्कले सञ्चालन गरेको दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन सफलतापूर्वक समापन भएको छ। स्थानीय नेपाली समुदायका क्रियाशील संघ संस्थाहरुको सहयोगमा आज सेप्टेम्बर ६,२०२५ शनिवार सञ्चालित उक्त घुम्ती शिविरबाट १०८ जना सेवाग्राहीहरुले सेवा लिएका छन्। जस मध्ये १०३ जनाले पास्पोर्ट नविकरण र बाँकीले पर्यटक भिषा तथा अधिकृत वारेशनामा प्रमाणिकरण सेवा लिएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसिसि)अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले जानकारी दिए।

महावाणिज्यदूत ददिराम भण्डारी र समरभिल सिटीकी मेयर काटियाना ब्यालेन्टाइनको मन्तव्य सहित उद्घाटन गरिएको शिविर मार्फत सेवा प्रदान गर्ने टोलीले बिहान ८ बजेदेखि साँझ आठ बजेसम्म सेवाग्राहीहरुलाई सेवाहरु प्रदान गरेको थियो। अध्यक्ष गुरुङले आयोजित पहिलो दिनको शिविर सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उनले शिविर मार्फत सोचे भन्दापनि व्यवस्थित, छिटो, छरितो, चुस्त, दुरुस्त र गुणस्तरीय सेवाहरु प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गरे।

उनले शिविर सञ्चानको क्रममा महत्वपूर्ण योगदान पुर्याउने महावाणिज्यदूत ददिराम भण्डारी, वाणिज्यदूत बुड्थापालगायत अनवरत खट्ने महावाणिज्यदूतावासका कर्मचारीहरु, समरभिल सिटीकी मेयर काटियाना ब्यालेन्टाइन, एनआरएनए परिवार, विभिन्न सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन्।

अध्यक्ष गुरुङले दोश्रो दिन अर्थात् भोली सेप्टेम्बर ७,२०२५ आइतवार पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गरिने बताए। उनले सेवा लिन चाहनेहरुलाई समय भित्रै शिविर स्थलमा आएर आवश्यक सेवा लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध गरेका छन्। उक्त शिविरबाट सेवा लिनेहरुमा म्यासाच्यूसेट्स राज्य सहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरु रहेका थिए।

उक्त कन्सुलर सेवा घुम्ती शिविरमार्फत सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका सेवाहरु प्रदान गरिरहिएको छ। शिविरबाट सेवाहरु प्राप्त गर्नका लागि तोकिएको प्रक्रिया पुरा गरेर र आवश्यक शुल्क तथा कागजातहरुको व्यवस्था गरेर सेवा लिन आउन महावाणिज्यदूतावासले सेवाग्राहीहरुलाई अनुरोध गरेको छ।


 

शेयर गर्नुहोस:

1.3k
Shares