मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग

अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।

मंगलबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा श्रेष्ठविरुद्धको अदालतको अवहेलनाको मुद्दा सुनुवाई भएको थियो । न्यायाधीशद्धय श्रेष्ठ र पौडेलको इजलासले लिखित जवाफ माग्ने आदेश दिएको हो ।

Advertisement

यही भदौ ६ गते पूर्व गृहमन्त्रीसमेत रहेका नेता श्रेष्ठले सोसल मिडियामार्फत न्यायालयको भूमिकामाथि प्रश्न उठाएका थिए ।

उनले अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घूस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन भनेर लेखेका थिए ।

श्रेष्ठको उक्त अभिव्यक्तिलाई लिएर कानूनका विद्यार्थी आयुष दाहालले अदालतको अवहेलना भन्दै उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

शेयर गर्नुहोस:

54
Shares