मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छ : मुख्यमन्त्री बानियाँ

भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छ : मुख्यमन्त्री बानियाँ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

लागत अनुमानअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारवाहीको दायरामा आउने बताँदै मुख्यमन्त्री बानियाँले कामको गुणस्तरमा कुनै सम्झौता नगर्न व्यवसायीलाई आग्रह गरे ।

‘ठेक्कामा हिजो आठ वटा रड हाल्नुपर्नेमा छ वटा मात्र हाल्ने प्रवृति थियो, अब त्यो दिन अन्त्य भएको छ’, मुख्यमन्त्री बानियाँले भने ‘अब इस्टिमेटअनुसार काम भएको छ वा छैन्, त्यो सबै प्रविधिले पत्ता लगाई हाल्छ । बदमासी गर्ने कर्मचारी र व्यवसायी दुवैमाथि कारवाही हुन्छ ।’

उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अब प्रदेश सरकारको रु १० लाखभन्दा माथिका सबै योजना बोलपत्र प्रक्रियाबाट अघि बढ्ने बताए ।

उनले निर्माण व्यवसायीले अत्यधिक घटाघटमा ठेक्का हाल्ने बाध्यता रोक्नका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए ।

शेयर गर्नुहोस:

54
Shares