मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ : प्रधानन्यायाधीश राउत

पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ : प्रधानन्यायाधीश राउत


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, सम्वर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको बताएका छन् ।

नेपाल पानी सदुपयोग फाउन्डेसनले आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक २०८२ तथा ८७औँ पानी सत्सङ्ग कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्नसक्ने बताए ।

प्रधानन्यायाधीश राउतले भने, ‘पानी नभई नहुने चिज हो, हामीले सेताम्मे हिमाल गुमाउँदै गएका छौँ, अब ती कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । जलवायु परिवर्तनले हाम्रो पानीको स्रोतमाथि नै गम्भीर असर पारिरहेको छ । यस्तो अवस्थामा पानीको सदुपयोग मात्र नभई संरक्षण र सम्वर्द्धन अपरिहार्य छ ।’

पानी एक प्राकृतिक स्रोत मात्र नभई मानव सभ्यता र प्रकृतिको निरन्तरतासँग सम्बन्धित जीवनदायिनी तत्वका रूपमा रहेकाले यसको दीर्घकालीन संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रधानन्यायाधीश राउतले मानव जीवनको दिगोपन, प्राकृतिक सन्तुलन र समृद्धिको मूल आधारको रूपमा पानीलाई लिनुपर्ने आवश्यकता औँल्याए । ‘हामीले अहिले नै सचेत भई पानीको उचित व्यवस्थापन गर्न नसके हाम्रो भविष्य अन्धकारमय हुनसक्छ । यसैले पानीको संरक्षण हाम्रो भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो । यसमा सबै गम्भीर बनौँ’, उनले भने।

प्रधानन्यायाधीश राउतले पानीको सामाजिक, आर्थिक र पर्यावरणीय महत्त्वमाथि चर्चा गर्दै संविधान र कानुनद्वारा सुनिश्चित गरिएको प्राकृतिक स्रोतमाथिको हक कार्यान्वयनमा राज्य गम्भीर बन्नुपर्ने बताए ।

शेयर गर्नुहोस:

54
Shares