मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

ट्रम्पविरुद्धको ४६ करोड डलर जरिवानाको सजाय उल्टियो

ट्रम्पविरुद्धको ४६ करोड डलर जरिवानाको सजाय उल्टियो


शेयर गर्नुहोस:

2.1k
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले बढी जरिवाना लगाएको भनी गरेको अपिलमाथि सुनुवाई गर्दै यसअघि उनीमाथि लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक दण्ड सजाय उल्टाइदिएको छ ।

न्यायाधीश आर्थर एन्गोरोनले सन् २०२४ फेब्रुअरीमा ट्रम्पविरुद्ध फैसला सुनाउँदै ट्रम्पलाई ब्याजसहित ४६ करोड ४० लाख अमेरिकी डलर तिर्न आदेश दिएका थिएभने उनका छोराहरु एरिक र डन जुनियर प्रत्येकलाई ४० लाख डलर भन्दा बढी रकम बुझाउन भनिएको थियो ।

न्यायाधीश एन्गोरोनले ट्रम्प र उनको कम्पनीले गैरकानुनीरूपमा आफ्नो सम्पत्ति वृद्धि गरेको र अनुकूल बैङ्क ऋण वा बीमा सर्तहरू प्राप्त गर्न सम्पत्तिको मूल्यमा हेरफेर गरेको ठहर गनेका थियो ।

बिहीबार न्युयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले उक्त फैसलालाई सदर गरेको थियो, तर जरिवानाको आकार ‘अत्यधिक’ भएको र यसले ‘संयुक्त राज्य अमेरिकाको संविधानको आठौं संशोधनको उल्लङ्घन’ गरेको फैसला सुनाएको थियो ।

ट्रम्पविरूद्धको मुद्दा दर्ता गराएका राज्यका महान्यायाधिवक्ता लेटिटिया जेम्सले अब राज्यको सर्वोच्च अदालत ‘न्युयोर्क कोर्ट अफ अपिल्स’मा अपिल गर्न सक्नेछन् ।  प्रारम्भिक फैसला पछि ट्रम्पले पछि नागरिक निर्णयको साथसाथै दण्डको आकार र सर्तहरूलाई चुनौती दिने प्रयास गर्दै गरेको अपिलमा ब्याज पाउनुपर्ने दावी गरेका छन् ।

उनले पटक–पटक मुद्दा र सजायलाई राजनीतिबाट प्रेरित भएको भन्दै निन्दा गर्दै आउनुभएको छ । –पूर्ण जित– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले वृद्धि गरेको ठहर गर्दै एक न्यायाधीशले लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक जरिवानालाई बिहीबार खारेज गरिएको छ । उनले यसलाई ‘पूर्ण विजय’ को संज्ञा दिएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भने, “यो व्यवसायिक अर्थमा एक राजनीतिक प्रतिशोध थियो जुन पहिले कसैले देखेको थिएन ।” एएफपी

शेयर गर्नुहोस:

2.1k
Shares